Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • १५ वर्षीया बालिकामाथि बलात्कार

    १५ वर्षीया बालिकामाथि बलात्कार

    अनलाइन नेपाल
  • बिहिबार, २५ बैशाख २०७७
  • 2K
    SHARES

    काठमाडाैँ। बलात्कार आरोपमा स्थानीय फतुवा विजयपुर–४ का ५२ वर्षीय टेकबहादुर चौधरी पक्राउ परेका छन् । आफ्नै सहयोगी १५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

    चौधरीले आफ्नै सहयोगी एक बालिकालाई अनैतिक कार्य गरेको लिखित उजुुरी आएपछि मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक चन्द्रकिशोर साहले जानकारी दिए । जबर्जस्ती करणी मुद्दाको अनुसन्धानका लागि जिल्ला अदालत गौरले सात दिनको म्याद दिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।



    चौधरी इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेको र अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ परीक्षणसमेत भइसकेको इलाका प्रहरी कार्यालय विजयपुरले जानकारी दिएको छ । पीडित बालिका केही महिनाको गर्भवतीसमेत रहेको स्वास्थ्य परीक्षणबाट जानकारी आएको प्रहरीले जनाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार