काठमाडौं । भारतले प्रतिस्पर्धी बजारमा तोकिएको बिजुलीको मूल्यको सीमा घटाएको छ । भारतको ‘डे अहेड’मार्केटमा अब प्रतिनियुट अधिकतम् भारु १२ रुपैयाँसम्म मात्रै बिजुली किनबेच हुने छ ।
नेपालले ‘डे अहेड मार्केट’बाट बिजुली किन्दै आएको छ । भारतको विद्युत नियमन आयोगले यसअघि प्रतिनियुट भारु २० मा राखेको बिजुलीको प्रतिस्पर्धी दरको सीमालाई भारु १२ मा झारेको हो ।
एक निर्देशन जारी गर्दै बिजुली महंगोमा किनबेच हुँदा पर्नसक्ने असररुहलाई न्युन गर्न मूल्यको सीमा घटाइएको आयोगले जनाएको छ ।
अब नेपालले भारतबाट भारु १२ सम्म बिड गरेर विद्युत खरिद गर्न सक्नेछ । रुस–युक्रेन युद्धका कारण भारतका कोइलामा माग चर्किएपछि विद्युत उत्पादन घटेको छ । यसका कारण अभावको अवस्था रहेपछि भारतको प्रतिस्पर्धी बजारमा बिजुलीको मूल्य प्रतियुनिट २० रुपैयाँसम्म पुर्याएको थियो ।
अब भने भारु १२ भन्दा बढ्न नपाइने व्यवस्था भएकाले अत्यावश्यक बेलमा नेपालले प्रतियुनिट २२ रुपैयाँसम्म बिजुली किन्न सक्ने अवस्था आएको हो । यसअघि ३८ रुपैयाँ बिड गर्दा पनि प्राधिकरणलाई बिजुली पाउन मुस्किल पर्दै आएको थियो । यसैका कारण उद्योगहरुमा बिजुली कटैती थालिएको थियो ।
नेपालले अहिले भारतबाट दैनिक साढे ४ सय मेगावाटदेखि साढे ५ सय मेगावाटसम्म बिजुली किनिरहेको छ । आईईएक्समा हरेक १५ मिनेटमा बिजुलीको मूल्य फरक हुन्छ र एक दिनभरिका लागि ९६ वटा फरक–फरक बल्कमा प्रतिस्पर्धा गर्नुपर्छ ।
अहिले भारतबाट औसतमा १२ सय मेगावाट प्रतिघण्टाका दरले विद्युत् आयात गनुपर्ने बाध्यतामा प्राधिकरण छ । नदीमा पानीको सतह घट्ने भएकाले चैत महिना भारतबाट सबैभन्दा बढी विद्युत ल्याउनुपर्छ ।
विद्युत प्राधिरकणले भारतसँग विद्युत खरिदका लागि सम्झौता गरेका भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) मार्फत इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) ले पनि मूल्य आकासिए पछि विद्युत आपूर्ति सुनिश्चित गर्न सकेका थिएनन् । नेपालले भारतको एनभीभीएनसँग १५० मेगावाट र पावर ट्रेड कर्पोरेसनसँग ७० मेगावाट बिजुली नियमित रुपमा आयात गर्न सम्झौता गरेको थियो । तर, बिजुलीको मूल्य बढेपछि यी दुबै एजेन्सीले १ महिनादेखि नेपाललाई बिजुली दिएका थिएनन् ।
अब भने मूल्य निर्धारण भएपछि नेपालमा पनि विद्युत आपुर्ती सहज हुने भएको छ । उद्योग कलकारखानाले पनि विद्युत पाउने भएका छन् । उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणले अघोषित लोडसेडिङ गरेको भनेर विरोध जनाइरहेका बेला भारतबाट कम मूल्यमा विजुली आउने भएपछि विद्युत कटौती नहुने प्राधिकरणले जनाएको छ । यद्यपी प्राधिकरणले भने अझैसम्म लाडसेडिङ गराएको स्वीकार गरेको छैन ।
Leave a Reply