Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • व्यबसायी मलहोत्राद्धारा पत्रकार महासंघलाई ७ हजार थान मास्क हस्तान्तरण

    व्यबसायी मलहोत्राद्धारा पत्रकार महासंघलाई ७ हजार थान मास्क हस्तान्तरण

    अनलाइन नेपाल
  • बिहिबार, २५ बैशाख २०७७
  • 2.9K
    SHARES

    काठमाडौं। आईएमएस ग्रुपका अध्यक्ष तथा नेपाल चेम्बर्स अफ कमर्शका उपाध्यक्ष दिपक मलहोत्राले नेपाल पत्रकार महासंघलाई सात हजार थानामास्क हस्तान्तरण गरेका छन् ।

    मलहोत्राले आफ्नै कम्पनीबाट उत्पादित उक्त मास्क नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्य ,उपाध्यक्ष दिलिप थापा , महासचिब रमेस बिस्टलगायत पदाधिकारीको उपस्थितिमा पत्रकारहरुलाई सहयोगस्वरुप हस्तान्तरण गरेका हुन ।



    मलहोत्राले बुधवार आफ्नो कम्पनीबाट उत्पादित मास्क बिभिन्न अस्पताल,सुरक्षा निकाय ,सामाजिक कार्यकर्ता र पत्रकारहरुलाई निशुल्क वितरण गर्दै आईरहेका छन ।



    कोरोना भाईरसको महामारीमा पनि आफ्नो ज्यान जोखिममा राखेर समाचार संकलन गरिरहेका पत्रकार साथीहरुलाई महासंघमै आएर मास्क वितरण गर्न पाएकोमा मलहोत्राले खुशी व्यक्त गरे । उनले भोलिका दिनमा पनि महासंघसँग सहकार्य गरेर अगाडी बढने जनाउदै अहिलेको महामारीमा महासंघलाई अन्य थप सहयोग पनि गर्ने प्रतिबद्दता व्यक्त गरे ।

    कोरोना भाइरस कोभिड–१९ फैलिनसक्ने त्रासका बीच मास्क अभाव भईरहेका बेला मलहोत्राले ठूलो मात्रामा मास्क उत्पादन सुरु गरेर देशको लागी धेरै राम्रो काम र ठुलो सहयोग गर्नुभएको उक्त मास्क हस्तान्तरण कार्यक्रममा महासंघ अध्यक्ष गोबिन्द आचार्यले बताए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार