Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • बाबुरामजस्ता बन्दुक बोकेर तर्साउनेलाई तह लगाएको छु : सांसद बस्नेत

    बाबुरामजस्ता बन्दुक बोकेर तर्साउनेलाई तह लगाएको छु : सांसद बस्नेत

    अनलाइन नेपाल
  • बिहिबार, २५ बैशाख २०७७
  • 3K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले समाजवादी पार्टीका अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग आफु नडराउने प्रस्ट परेका छन्।

    सांसद बस्नेतले झुटो मुद्दामा रमाएर हिंडेका भट्टराईको जमानत जफत गर्न सक्ने क्षमता आफूमा रहेको दाबी गरे ।



    आफ्नो निर्वाचन क्षेत्र भक्तपुर–२ मा उठेर चुनाव जितेर देखाउनका लागि भट्टराईलाई सांसद बस्नेतले चुनौति दिए ।



    आफ्नो क्षेत्रमा गाविस अध्यक्ष हुँदादेखि नै लोकप्रिय काम गरेको बताएका उनले भट्टराईको त्यति हिम्मत नरहेको तर आफू उनको क्षेत्र गोरखा–१ मा लडेर जित्न सक्ने दाबी समेत गरेका छन् ।

    राजनीतिक व्यक्ति भएका कारण सामान्य आरोपसँग आफू नडराउने र सांसद सुरेन्द्र यादवको अपहरण पनि नभएको उनको भनाई छ ।

    आफूलाई डन भनिएको प्रति आपत्ति जनाएका बस्नेतले भने,‘राजनीतिमा गुन्डागर्दी गर्ने, बन्दुक बोकेर तर्साउनेलाई तह लगाएको छु । तिनै सर्वेन्द्र खनाल, नवराज सिलवालसँग मिलेर त्यस्ता गतिविधि अन्त्य गर्ने महेश बस्नेत कसरी डन भयो ?’

    अन्तरवार्ताका दौरान उनले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई घेराबन्दीमा पार्ने एम्बुस डिफ्युज गर्न सफल भएको दाबी गर्दै भने,‘त्यसका लागि सांसदहरूको हस्ताक्षर भएको थियो ।’

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार