काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्याउने बताएका छन् ।
बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।
मुलरुपमा नेपाल र भारतको बीचमा सदियौंदेखि रही आएको जुन सम्बन्ध छ, त्यो सम्बन्धलाई अझ प्रगाढ गर्न, त्यो सम्बन्धलाई अझ उच्चस्तरमा पुर्याएर मुलुकको हितमा यो भ्रमण केन्द्रीत रहने कुरा म यहाँहरु मार्फत् निवेदन गर्न चाहान्छु ।’ उनले भने ।
Leave a Reply