माेरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विराटनगर विमानस्थलबाट लुक्ला फ्लाइट हुने बताएका छन् ।
विराटनगरमा शुक्रबार सञ्चारकर्मीसँगकाे कुराकानीमा उनले काठमाडाैंबाट मात्रै लुक्ला फ्लाइट हुने सिन्डिकेट ताेडेर अब चाँडै विराटनगरबाट फ्लाइटकाे व्यवस्था गर्ने बताएका हुन् ।
मन्त्री आलेले विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरकाे अन्तर्राष्ट्रिय विमानस्थलमा स्तराेन्नतिका लागि जग्गा अधिग्रहण गर्न आवश्यक बजेट आउँदाे बजेटमा व्यवस्था गर्ने बताए ।
Leave a Reply