काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले स्थानीय तह निर्वाचनमा गठबन्धनका लागि खुला रहने निर्णय गरेको छ ।
दुई दिनसम्म बसेको कार्यकारिणी बैठकले आवश्यकताको आधारमा गठबन्धन गर्न सकिने निर्णय गरेको हो ।
लोसपा कार्यकारिणी सदस्य केशव झाका भने-‘हामी गठबन्धनका लागि खुला छौं। अहिले नै यो दलसँग हुने भन्ने केही छैन,’ उनले भने, ‘ठाउँ र आवश्यक्ताको आधारमा जोसँग पनि तालमेल हुनसक्छ।’
लोसपाले पार्टीको विधान परिमार्जनसहित पारित गरेको छ।
लोसपामा अब ५०१ सदस्यीय केन्द्रीय समिति, १०१ सदस्यीय राजनीतिक समिति हुने झाले बताए।
Leave a Reply