Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • भारतमा विशाक्त ग्यास चुहावट हुँदा आठ जनाको मृत्यु

    भारतमा विशाक्त ग्यास चुहावट हुँदा आठ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २५ बैशाख २०७७
  • 1.7K
    SHARES

    फाइल फोटो

    नयाँदिल्ली । भारतको आन्ध्र प्रदेशको विशाखापटनममा केमिकल प्लान्टमा ग्यास चुहावट हुँदा आठ जनाको मृत्यु भएको छ ।

    तीन जनाको मृत्यु प्लान्टनजिकै र पाँचजनाको मृत्यु किङ जर्ज अस्पतालमा उपचारका क्रममा भएको विजागका पुलिस कमिसनर आरके मीनाले बताए।



    केमिकल प्लान्टमा ग्यास लिक भएपछि प्रहरीले आसपासका पाँच गाउँ खाली गराएको छ । उनीहरूले मेघाद्र्री गेड्डा र अन्य सुरक्षित स्थानमा राखिएको छ । गाउँलेहरूमा आँखामा जलन हुने र श्वास फेर्न असहज हुने समस्या भएको छ ।



    जिल्ला अधिकारी विनय चाँदले दुर्घटनाका कारण दुई सय मानिस बिरामी भएका बताएका छन् । उनीहरूको उपचार भइरहेको बताइएको छ । केमिकल प्लान्टमा ग्यास लिक हुनुको कारण पत्ता लाग्न सकेको छैन । बीबीसी

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार