Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • राजेन्द्र लिङ्देन भन्छन्-‘ठूला दलबाट देश बन्छ भन्नु साँढेको टाङ मुनी बाल्टी थाप्नु जस्तै हो’

    राजेन्द्र लिङ्देन भन्छन्-‘ठूला दलबाट देश बन्छ भन्नु साँढेको टाङ मुनी बाल्टी थाप्नु जस्तै हो’

    अनलाइन नेपाल
  • बिहिबार, १७ चैत्र २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दलबाट देश बन्छ भनेर अपेक्षा गर्नु दूध दुहनका लागि साँढेको टाङ मुनि बाल्टी थाप्नु जस्तै भएको बताएका छन् ।

    स्थानीय तह निर्वाचनलाई लक्षित गरी राप्रपाले तनहुँको दमौलीस्थित खुल्ला मैदानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् ।



    लिङ्देनले भने, ‘साँढेको टाङमुनी बाल्टी थापेर साँढेले दूध दिएन भनेर त्यसलाई सुम्सुम्याउँदा, कन्याउँदा, हैन यसलाई खाना पुगेन भनेर दाना थप्दा पनि दूध दिँदैन । ठूला दलबाट देश बन्छ भनेर अपेक्षा गर्नु हो त्यस्तै हो ।’



    उनले शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड कति पटक प्रधानमन्त्री भएमा देश बन्छ भनेर प्रश्न समेत गरे । उनले देश बिगारेर असफल राष्ट्रको मुखसम्म धकेल्नमा ठूला पार्टी र नेता जस्तै अर्को चिह्नमा हात लाग्दैन भनेर भोट दिने मतदाताहरू पनि दोषी भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार