चितवन । चितवन राष्ट्रिय निकुञ्जमा घाईते बाघको उद्धार गरिएको छ । विगत १५ दिनदेखि निकुञ्ज मुख्यालय बरिपरि घुमिरहेको बाघको नेपाली सेनाको बटुक दल गणले घाईते देखिपछि सेनाकै पहलमा उद्धार गरिएको थियो ।
सेनाको गस्ती टोलीले बाघको घाईते पहिचान गरेपछि उद्धार गरिएको हो । अन्दाजी ८ ९ बर्षको पोथी बाघको अगाडीको दाहिने खुटा भाचिएर र ठाउँ ठाँउमा चोट देखेपछि २३ गते उद्धार गरिएको निकुञ्जको सुरक्षार्थ खटिएको बटुक दल गणका गणपति अरुण श्रेष्ठले जानकारी दिए । बाघ जुधेर घाईते भएको हुन सक्ने निकुञ्ज अनुमान छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष ,जैविक विविधता संरक्षण केन्द्रका पशु चिकित्सक र चितवन राष्ट्रिय निकुञ्जका पशु प्राविधिक, सेनाको एक टोलीहरुको नेतृत्वमा बाघ उद्धार गरेर बाघको निकुञ्जको ईनकोलोजर खोरमा उपचार भईरहेको छ ।
Leave a Reply