काठमाडौं । चुनावी गठबन्धका विषयमा छलफल गर्न आज सत्ता गठबन्धन दलको बैठक बस्दै छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा बिहान १० बजे सत्ता गठबन्धनको बैठक बस्न लागेको हो ।
सत्ता गठबन्धनको बैठकमा स्थानीय तह निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने छ ।
बैठकमा आगामी निर्वाचनमा तल्लो निकायसम्म सत्ता गठबन्धन कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुने बताइएको छ ।
आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका प्रमुख दलबीच गठबन्धनको तयारी भइराखेको छ । कांग्रेसले स्थानीय तहमा आवश्यकता हेरेर गठबन्धन गर्ने निर्णय गरिसकेको छ ।
Leave a Reply