काठमाडौं । बिहीबार सत्ता गठबन्धनका दलहरूको बैठक बस्ने भएको छ ।
आगामी स्थानीय चुनावको तालमेलबारे सत्ता गठबन्धन विच छलफल गर्न विहिबार ११ बजे बैठक बस्ने भएको हो ।
कांग्रेसले मंगलबार केन्द्रीय कमिटीबाट स्थानीय निर्वाचनमा आवश्यकताअनुसार चुनावी तालमेल गरेर जाने निर्णय गरेको छ ।
कांग्रसको यो निर्णयसँगै पहिलो पटक सत्ता गठबन्धनको वैठक बस्न लागेको हो । बैठकमा चुनावी भागबन्डाबारे छलफल हुनेछ ।
माओवादी र एकीकृत समाजवादीले चुनावी गठबन्धनबारे केन्द्रबाटै निर्णय लिने भए पनि कांग्रेसले भने महानगरबाहेक स्थानीय आवश्यकताअनुसार स्थानीय कमिटीलाई निर्णय गर्न दिने निर्णय गरेको छ ।
यसले अन्यलाई शंका पैदा गरेको छ । माओवादी र समाजवादीले कांग्रेसले पनि केन्द्रबाटै निर्णय गर्नुपर्ने दबाब दिएका छन् ।
Leave a Reply