Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • आजको मौसम : सुदूरपश्चिममा वर्षाकाे सम्भावना

    आजको मौसम : सुदूरपश्चिममा वर्षाकाे सम्भावना

    अनलाइन नेपाल
  • बिहिबार, २५ बैशाख २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज बेग्लाबेग्लै समयमा देशका प्राय: सबै भागमा पानी पर्ने जनाएको छ ।

    सुदूरपश्चिम प्रदेशका जिल्लामा बिहानैदेखि पानी परेको छ भने अन्य क्षेत्रमा दिउँसो तथा साँझ पानी पर्ने मौसमविद् विभूति पोखरेलले बताइन् ।



    यस्तै प्रिमनसुन भएकाले वर्षाका साथ चट्याङ, हावाहुरीको पनि स्वाभाविक रूपमा सम्भावना रहने उनले बताइन । मौसम पूर्वानुमान महाशाखाले आज ६ बजेको मौसम बुलेटिनमा आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘देशको पहाडी साथै पश्चिमी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’



    महाशाखाले जारी गरेको ३ दिने मौसमको पूर्वानुमान यस्तो छ :

    बैशाख २५गते (बिहीबार)

    दिउँसो : देशको पश्चिमी भू-भागमा सामान्य बदलि र बाँकि भू-भागमा आंशिक बदली रहनेछ ।देशको पश्चिमी भू-भागका केहि स्थानहरूमा र मध्य/पूर्वी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना छ।

    राति : देशभर सामान्य बदली रहने छ। देशको मध्य/पूर्वी भू-भागका केहि स्थानहरूमा र पश्चिमी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना छ।

    बैशाख २६ गते (शुक्रबार)

    दिउँसो : देशभर बिहानिपख आंशिक बदलि र दिउँसो पश्चात सामान्य बदली रहनेछ ।देशको पहाडी भू-भागका केहि स्थानहरूमा साथै तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना छ।

    राति : देशको पहाडी भू-भागमा सामान्य बदली भई बाँकि भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।

    बैशाख २७ गते (शनिबार)

    दिउँसो : देशभर बिहानिपख आंशिक बदलि र दिउँसो पश्चात सामान्य बदली रहनेछ ।देशको पश्चिमी /मध्य भू-भागका केहि स्थानहरूमा साथै पूर्वी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना छ।

    राति : देशको पहाडी भू-भागमा सामान्य बदली भई बाँकि भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार