Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • आर्थिक अवस्थाप्रति गम्भीर चासो देखाउँदै सबल बनाउनेमा संवेदनशील बन्न प्रधानमन्त्रीको आग्रह

    आर्थिक अवस्थाप्रति गम्भीर चासो देखाउँदै सबल बनाउनेमा संवेदनशील बन्न प्रधानमन्त्रीको आग्रह

    अनलाइन नेपाल
  • बुधबार, १६ चैत्र २०७८
  • 924
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको पछिल्लो आर्थिक अवस्थाप्रति गम्भीर चासो देखाउँदै थप खस्कन नदिन र सबल बनाउनेमा संवेदनशील बन्न सरोकारवालालाई आग्रह गरेका छन् ।

    राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई मङ्गलबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले बढ्दो मूल्य वृद्धि, चुलिँदो व्यापार घाटा, खस्कँदो विदेशी मुद्रा सञ्चितीको अवस्थाप्रति चनाखो बन्न सरोकारवालालाई निर्देशन दिए ।



    प्रत्येक चार महिनामा बस्नुपर्ने समाधान समितिको यो बैठक देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक बसेको हो । बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, मन्त्री, प्रदेश मुख्य मन्त्रीहरू, विभिन्न मन्त्रालयका सचिवहरू, जिल्ला समन्वय समिति तथा गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारीसमेत सहभागी थिए ।



    राष्ट्रिय योजना आयोगका सदस्य डा। रामकुमार फुँयालका अनुसार, प्रधानमन्त्री देउवाले अर्थतन्त्रको संवर्द्धन र विकासको प्रवद्र्धनमा सावधानी अपनाउन आग्रह गरे । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार