Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • नेपाललाई युक्रेनले भन्यो-‘रुसी पर्वतारोहीलाई हिमाल चढ्न रोक्न लगाइयोस्’

    नेपाललाई युक्रेनले भन्यो-‘रुसी पर्वतारोहीलाई हिमाल चढ्न रोक्न लगाइयोस्’

    अनलाइन नेपाल
  • बुधबार, १६ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । युक्रेनले रुसी नागरिकलाई नेपालका हिमाल आरोहणमा प्रतिबन्ध लगाउन अनुरोध गरेको छ । रुसले आफूमाथि सैन्य हस्तक्षेप जारी राखेको भन्दै रुसी नागरिकलाई हिमाल आरोहणमा प्रतिबन्ध लगाउन युक्रेनले आग्रह गरेको हो ।

    युक्रेनको नयाँ दिल्लीस्थित दूतावासले नेपाली दूतावास नयाँ दिल्ली मार्फत् नेपाल सरकारलाई डिप्लोम्याटिक नोट पठाउँदै उक्त आग्रह गरेको हो । नोटमा रुसले सैन्य आक्रमण जारी राखेसम्म रुसका पर्वतारोहीलाई नेपालका हिमाल चढ्न बन्देज लगाउन आग्रह गरिएको छ ।



    यद्यपी नेपालको पर्यटन विभागले रुसका पर्यटकलाई हिमाल चढ्न रोक लगाएको छैन । ९ जना रुसका पर्यटकले हिमाल चढ्न हालै अनुमति पाएको बीबीसीले जनाएको छ ।



    नेपाल सकारलाई पठाइएको पत्रमा युक्रेनमा रुसी आक्रमण बन्द नहुन्जेलसम्मका लागि रुसी पर्वतारोही टोलीमाथि प्रतिबन्ध लगाउन अनुरोध गरिएको थियो ।

    तर, नेपालका सरकारी अधिकारीहरूले आफूहरूले सरकारी नीतिनियमलाई नै पालना गरी पर्वतारोहणका लागि अनुमति जारी गरिरहेका जनाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार