एजेन्सी । रुसको युक्रेनको राजधानी किएभ तथा चेर्निहिव क्षेत्रमा सैन्य गतिविधिलाई निकै कम गर्ने निर्णय गरेको छ ।
टर्कीको इस्तानबुलमा भएको रुस–युक्रेन शान्ति वार्ताको नयाँ चरणपछि रुसको रक्षा मन्त्रालयले किएभ र चेर्निहिव क्षेत्रमा सैन्य गतिविधि कम गर्ने निर्णय गरेको जनाएको छ ।
रुसी उपरक्षा मन्त्री अलेक्जेन्डर फोमिनका अनुसार रूस र युक्रेनबीच आपसी विश्वास बढाउने र थप वार्ताका लागि आवश्यक अवस्था सिर्जना गर्नका लागि सैन्य गतिविधि घटाउने निर्णय गरिएको हो ।
आजको वार्तामा युक्रेनको तटस्थता र गैरआणविक स्थितिका साथै युक्रेनलाई सुरक्षाको प्रत्याभूति दिने विषयमा सम्झौताको तयारीमा प्रगति भएको उनको भनाई छ ।
यसैबीच रुस र युक्रेनबीचको वार्तामा स्पष्ट प्रगति देखिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ पाँच प्रतिशतले घटेको छ । यस्तै अमेरिकी डलरको तुलनामा निकै कमजोर भएको रुसी मुद्रा रुबलको अवस्था १० प्रतिशतले सुध्रिएको छ ।
Leave a Reply