Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • नुवाकोटबासीले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र

    नुवाकोटबासीले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र

    अनलाइन नेपाल
  • मंगलबार, १५ चैत्र २०७८
  • 747
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतको नेतृत्वको नुवाकोट जिल्लाको प्रतिनिधिमण्डलले ज्ञापनपत्र प्रस्तुत गरेको छ ।

    प्रधानमन्त्री देउवालाई आज उनको सरकारी निवास बालुवाटारमा भेटेर प्रस्तुत गरेको सो ज्ञापन पत्रमा नुवाकोट जिल्लाका विविध समस्याको समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।



    प्रधानमन्त्रीसँगको भेटमा प्रतिनिधिमण्डलका तर्फबाट डा महतले ककनी हुँदै नुवाकोट जाने बाटो ठेक्का लगाएको १० वर्षसम्म निर्माण पूरा नभई अलपत्र परेकाले जनजीवन कष्टकर भएको विषय राखेका थिए ।



    उनले उक्त बाटोको निर्माण तत्काल पूरा गर्न प्रधानमन्त्रीले नै सम्बन्धित मन्त्रालय र विभागलाई निर्देशन गर्न आवश्यक भएको बताएका थिए ।

    ज्ञापनपत्रमा नुवाकोटको बञ्चरे डाँडाको डम्पिङ साइटको व्यवस्थापन गर्दा स्थानीयवासीको सरोकारलाई ध्यान दिन पनि अनुरोध गरिएको छ ।

    यस्तै ज्ञापनपत्रमा नुवाकोटका विभन्न दुर्गम गाउँपालिकाहरुमा गुठी जग्गा दर्ता नभएर उत्पन्न भएको समस्या समाधन गर्न पनि माग गरिएको छ ।

    नुवाकोटको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले ज्ञापनपत्रमा उल्लेख गरिएका मागहरु तत्काल पूरा गर्न सम्बन्धित निकायका प्रमुखहरुलाई बोलाएर तुरुन्त कार्यान्वयनका लागि निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

    प्रधानमन्त्री देउवासँगको भेटका अवसरमा प्रवक्ता डा महतका अतिरिक्त नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह लामा, नेपाली कांग्रेसका जिल्ला सभापति रमेश महत, सरोकार समितिका अध्यक्ष आदित्य श्रेष्ठ, जिल्ला भूमि आयोग नुवाकोटका अध्यक्ष अर्जुन न्यौपानेलगायत नगरसमितिका अध्यक्षहरुले पनि समस्याका बारेमा प्रकाश पारेका थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार