काठमाडौं । पुर्पक्षका लागि थुनामा पठाइएका अभिनेता पल शाहले जिल्ला अदालत तनहुँको आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन दिएका छन् ।
आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत तनहुँको आदेश बदर गरी थुनामुक्त गर्न माग गर्दै शाहले मंगलबार निवेदन दिएका हुन् ।
जिल्ला अदालत तनहुँले गरेको आदेश बेरीतको रहेको भन्दै शाहले तारेखमा रिहा गर्न माग गरेको बताइएको छ ।
नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको मुद्दामा नायक शाह जिल्ला अदालत तनहुँले चैत्र १० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
Leave a Reply