काठमाडौं । बैङ्किङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्याङ्जा आँधीखोला गाउँपालिका वडा नं।४ घर भई हाल काठमाडौंको सामाखुसी बस्दै आएका ५२ वर्षीय काजी गुरुङ रहेका छन् ।
निजले दिएको चेकको रकम एभरेष्ट बैंक लिमिटेड गोङ्गबुबाट भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले २०७८।११।०१ मा बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा चालीस लाख जरिवाना र ६ दिन कैद हुने ठहर गरेको थियो ।
कैद सजाय पाएपछि फरार रहेका गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोले चैत्र १४ गते सामाखुसी, काठमाडौंबाट पक्राउ गरेको हो ।
गुरुङलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको सीआइबीले जनाएको छ ।
Leave a Reply