एजेन्सी । भारतमा आज (मंगलबार) पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।
आज पेट्रोलको मूल्य प्रतिलिटर ८० पैसा र डिजेलको मूल्य ७० पैसा बढेको छ ।
हालसम्म पेट्रोल डिजेल प्रतिलिटर भारु ४.८० ले महँगो भएको छ। मूल्य बढेपछि दिल्लीमा पेट्रोलको मूल्य अहिले भारु ९९.४१ बाट बढेर १००.२१ प्रतिलिटर पुगेको छ भने डिजेलको मूल्य ९०.७७ प्रतिलिटरबाट बढेर ९१.४७ पुगेको छ।
मुम्बईमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८५ पैसा र ७५ पैसाले बढेको छ। यहाँ बढेको मूल्य अनुसार पेट्रोललाई प्रतिलिटर ११५.०४ र डिजेललाई प्रतिलिटर ९९.२५ तिर्नुपर्नेछ।
Leave a Reply