Online Nepal
  • शनिबार, २४ कार्तिक २०८१
  • बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

    बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १५ चैत्र २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    झापा । बहुबिवाह मुद्दाका फरार दुई जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा दमक नगरपालिका–४ बस्ने हल्दीबारी गाउँपालिका–३ घर भएका ३२ वर्षीय सन्तोष नेपाली र सोही ठाउँ बस्ने २५ वर्षीया गंगा माया नेपाली रहेका छन् ।



    पक्राउमध्ये सन्तोष नेपालीलाई जिल्ला अदालत झापाले २०६८ बैशाख १४ बहुबिबाह मुद्दामा २ वर्ष कैद र २५ हजार रूपैयाँ जरिवाना फैसला सुनाएको थियो ।



    अदालतले गंगा माया नेपालीलाई १ वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना सजाय ठहर गरेको थियो ।

    उनीहरूलाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार