Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • कैलालीमा तिब्र गति रोक्न ‘लिडार स्पिड गन’ प्रयोग

    कैलालीमा तिब्र गति रोक्न ‘लिडार स्पिड गन’ प्रयोग

    अनलाइन नेपाल
  • सोमबार, १४ चैत्र २०७८
  • 1.7K
    SHARES

    कैलाली । बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले कैलालीमा सवारीसाधनको गति नियन्त्रण प्रयास गरेको छ ।

    ट्राफिक प्रहरीले अत्तरिया चोकमा सवारीसाधनको गति मापन गर्न अत्याधुनिक ‘लिडार स्पिड गन’ प्रयोग गरेको हो । जसअनुसार सोमबार बिहान तीव्र गतिका सवारीसाधनविरुद्ध कारबाही गरिएको छ ।



    तीव्र गतिमा सवारी हाक्नाले दुर्घटना बढेको भन्दै स्पिड गनको प्रयोग गरी कारबाही थालेको ट्राफिक प्रहरी निरीक्षक गणेश प्रसाद उप्रेतीले बताए । उनले सोमबार विहान मात्रै ३७ सवारी साधनलाई कारबाही गरेको जानकारी दिए ।



    ती मध्ये २४ सवारीबाट ५ सयका दरले जरिमाना लिइएको छ भने, १३ सवारी साधनको कागजात नियन्त्रणमा लिएको ट्राफिक प्रहरी निरीक्षक गणेश प्रसाद उप्रेतीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार