Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • बिहीबार बस्ने नेकपा स्थायी कमिटी बैठक स्थगित

    बिहीबार बस्ने नेकपा स्थायी कमिटी बैठक स्थगित

    अनलाइन नेपाल
  • बुधबार, २४ बैशाख २०७७
  • 2.8K
    SHARES

    काठमाडौंं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बिहीबार बस्ने भनेर तय भएको स्थायी कमिटी बैठक स्थगित भएको छ । यसअघि वैशाख २० गते (शनिबार) बसेको पार्टी सचिवालय बैठकले २५ गते (बिहीबार) स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।

    जसअनुसार स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न भनेर बुधबार अपराह्न सचिवालय बैठक समेत बसेको थियो । तर, सचिवालय बैठकको बीचमै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली उठेर हिँडेपछि बैठक बिना निष्कर्ष सकिएको थियो ।



    पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बिहीबारको बैठक स्थगित गर्न सहमत भएकाे स्राेतकाे भनाइ छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार