काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठकमा बिबाद चर्किएका कारण त्यसको असर स्थायी कमिटी बैठकसम्म परेको छ।
शनिबार बसेको सचिवालय बैठकले २५ गते स्थायी कमिटीको बैठक बोलाइएको थियो । तर, बुधबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकको प्रस्ताव तयार पार्न नभ्याएको बताएर भोलीको बैठक स्थगित गराइएको छ।
भोलिको बैठक स्थगित भएसँगै अब कहिले बैठक बस्ने भन्ने बिषय अन्योलमा परेको छ।
Leave a Reply