दार्चुला । महाकाली नदीको धार परिवर्तन गर्न नेपाल पट्टि पुगेको भारतीय स्काभेटरको चाबी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । विना अनुमति नदीबाट नेपाल पट्टि पुगेको स्काभेटरको चाबी पट्रोल गस्तीमा रहेको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपालसँग समन्वय नगरी भारतीय स्काभेटर नेपालतर्फ आएपछि चाबी थुतिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । सो क्षेत्रमा नेपाल प्रहरी पनि खटिएको थियो ।
चाबी खोसिएपछि चालकले ‘डाइरेक्ट स्टार्ट’ गरेर स्काभेटर पारि पट्टि लगेको छ । अनुमति मागेको कुनै एक दिनको पत्र देखाउदै दिनदिनै भारतीय स्काभेटर नेपालतिर आउने गर्दछ । भारतीय पक्षले समन्वय नगर्दा बेलाबेला स्थानीयहरु आन्दोलित बन्ने गरेका छन् ।
अहिले भारतले महाकाली नगरपालिका–१ कलौन क्षेत्र महाकाली नदीमा तटबन्धको काम गरिरहेको छ । आइतवार सो क्षेत्रका स्थानीयहरुले जिल्ला प्रशासनलाई ज्ञापनसमेत बुझाएका छन् ।
Leave a Reply