काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
बैठक चैत १६ गतेको लागि लोसपाको केन्द्रीय कार्यालयमा बोलाइएको हो ।
संघीय सरकारमा सहभागी हुने विषयमा छलफल गरेर निर्णय लिनका लागि बैठक बोलाइएको बताइएको छ ।
प्रधानमन्त्री शेर बहादुर देउवाले लोसपालाई सरकारमा आउनका लागि आग्रह गरेपछि छलफल हुन लागेको हो ।
लोसपाको बैठकमा स्थानीय चुनावका सम्बन्धमा पार्टीको रणनीतिको विषयमा पनि छलफल हुने छ ।
Leave a Reply