Online Nepal
  • आइतबार, २० असोज २०८१
  • ललितपुरमा दुर्घटनामा परी प्रहरीको मृत्यु

    ललितपुरमा दुर्घटनामा परी प्रहरीको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १३ चैत्र २०७८
  • 948
    SHARES

    फाइल फोटो

    काठमाडाैँ । राति ड्यूटी सकेर कार्यालय फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परी ललितपुरमा एक प्रहरीको मृत्यु भएको छ । अर्का एक व्यक्ति घाइते भएका छन् ।

    महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहका अनुसार मृत्यु हुनेमा ललितपुरको सातदोबाटो प्रहरी वृत्तमा कार्यरत धादिङका प्रहरी जवान ३१ वर्षका नवीन न्यौपाने छन् ।



    दुर्घटनामा घाइते भएका सोही कार्यालयमा कार्यरत तनहुँका सुमन सिंहको स्टार अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।



    गएराति डिउटी सकेर ललितपुर महानगरपालिका–२ बल्खुबाट सातदोबाटो जाने क्रममा न्यौपानेले चलाएको बा ८३ प ८९९५ नम्बर मोटरसाइकल अनियन्त्रित भई पोलमा ठोक्किएर दुर्घटना भएको थियो । उनको राति २ः३० बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार