Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • स्रोत नखुलेको ११ लाखसहित एक जना पक्राउ

    स्रोत नखुलेको ११ लाखसहित एक जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १३ चैत्र २०७८
  • 1.2K
    SHARES

    सिरहा । सिरहाबाट स्रोत नखुलेको ११ लाख दुई हजार नौ सय पचास रुपैयाँसहित एकजनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता वाहिनी बर्दिवास महोत्तरी र सशस्त्र प्रहरी बल नं. ७ गण हेडक्वाटर सिरहाबाट खटिएको टोलीले लहान-१ मटियर्वाबाट भगवानपुर गापा-४ का ४४ वर्षीय दिलीपकुमार साहलाई नियन्त्रणमा लिएको हो ।



    विशेष सूचनाका आधारमा सीमाक्षेत्र भगवानपुरबाट पछ्याउँदै आएकाे प्रहरीले लहानबाट आठ सय तीन थान हजारको नोट, चार सयवटा पाँच सयको नोट, नाै सय ९९ वटा सयको र एक थान ५० को नोटसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।



    नियन्त्रण लिएका साहलाई रकमसहित आवश्यक अनुसान्धान एवं कारबाहीका लागि जिल्ला भन्सार कार्यालय माडरलाई बुझाएको छ ।

    प्रायः सीमाक्षेत्रका भारतीय बजारमा कारोवार भएको नेपाली रुपैयाँ सिरहाको लहान, गोलबजार, सिरहा सदरमुकामका बैंकमा जम्मा गर्न लिएर आउने जानकारहरू बताउँछन् ।

    भारतीय व्यवसायीहरूले नेपालमा रहेका आफन्त वा विश्वासिला व्यवसायीहरूको नाममा खाता खोलेर रकम जम्मा गर्ने र एटिएमको माध्यमबाट भारतमै रकम निकाल्ने गरेको बताइन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार