Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • आईपीएलमा चेन्नईलाई हराउँदै कोलकत्ताको विजयी सुरुवात

    आईपीएलमा चेन्नईलाई हराउँदै कोलकत्ताको विजयी सुरुवात

    अनलाइन नेपाल
  • आइतबार, १३ चैत्र २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले विजयी भएको छ ।

    मुम्बईमा गएराति सम्पन्न उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ताले विजयी सुरुवात गरेको हो ।



    वान्खडे स्टेडियममा चेन्नईले दिएको १ सय ३२ रनको लक्ष्य कोलकत्ताले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो। कोलकत्ताको जितमा अजिन्का रहाणेले ४४ रन जोडे भने साम विलिङसले २५ रन जोड्दा बनाए । कप्तान श्रेयस एय्यर २० रनमा अविजित रहे ।



    चेन्नईका ड्वाने ब्राभोले ३ तथा मिचेल स्टानरले १ विकेट लिए। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो।

    चेन्नईका लागि महेन्द्र सिंह धोनीले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ खेले। यस्तै रोबिन उथप्पाले २८ तथा कप्तान रविन्द्र जडेजाले अविजित २६ रन बनाए । अम्बाती रायडु १५ रनमा आउट भए।

    कोलकत्ताका उमेश यादवले २ तथा वरुण चक्रवर्ती र आन्द्रे रसेलले एक/एक विकेट लिए । जितसँगै कोलकत्ताले पहिलो खेलमा २ अंक जोडेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार