Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • प्रधानमन्त्री देउवा र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

    प्रधानमन्त्री देउवा र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शनिबार, १२ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासित चीनका विदेशमन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गरेका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगी उनले प्रधानमन्त्रीसित भेटवार्ता गरेका हुन् ।

    भेटका क्रममा दुई देशबीच आपसी हितका विविध विषयमा छलफल भएको बताइएको छ । त्यसक्रममा परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत अधिकारीको उपस्थिति थियो ।



    यस्तै सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री खड्काबीच भेटवार्ता भएको थियो । पछि दुई देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भएको थियो ।



    भेटमा नेपाल र चीन बीच विभिन्न नौ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डल तीनदिने भ्रमणका लागि शुक्रबार नेपाल आएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार