Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • शिवपुरी डाँडाको हाइकिङमा रमाए चिनियाँ विदेश मन्त्री वाङ यी

    शिवपुरी डाँडाको हाइकिङमा रमाए चिनियाँ विदेश मन्त्री वाङ यी

    अनलाइन नेपाल
  • शनिबार, १२ चैत्र २०७८
  • 1.7K
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । चिनियाँ विदेश मन्त्री वाङ यीले काठमाडौंको शिवपुरी डाँडामा हाइकिङ गरेका छन् । शुक्रबार अपराह्न काठमाडौं आइपुगेका वाङ शनिबार बिहानै हाइकिङका लागि काठमाडौंको उत्तरपश्चिम कुनामा रहेको शिवपुरी डाँडातर्फ लागेका थिए।

    बत्तिसपुतलीस्थित होटल द्वारिका बाट बिहान साढे ७ बजे निस्किएका वाङ गौशाला, ज्ञानेश्वर, केशरमहल, लैनचौर, सोह्रखुट्टे, बालाजु नागार्जुन हुँदै गाडीमा तीनपिप्ले मुनि पुगेर डाँडातिर पैदल उक्लिएका थिए ।



    नेपालको तीन दिने भ्रमणमा आएका उनले त्यहाँबाट होटल फर्केर समकक्षी नारायण खड्का र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने तालिका छ । यसअघि २०७६ भदौमा काठमाडौं आउँदा वाङ ट्रेकिङ गर्न चन्द्रागिरि र नगरकाेट पुगेका थिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार