Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • वडाअध्यक्ष विष्टले विद्यालयलाई सहयोग गरे ५ वर्षको पारिश्रमिक

    वडाअध्यक्ष विष्टले विद्यालयलाई सहयोग गरे ५ वर्षको पारिश्रमिक

    अनलाइन नेपाल
  • शुक्रबार, ११ चैत्र २०७८
  • 1.4K
    SHARES

    बझाङ । बझाङको जयपृथ्वी नगरपालिकाका एकजना वडाअध्यक्षले आफूले ५ वर्षमा पाएको पारिश्रमिक बापतको रकम विद्यालयलाई सहयोग गरेका छन् ।

    नगरपालिकाको वडा नम्बर १० का दलबहादुर विष्ट (कृष्ण) ले सत्यवादी माध्यमिक विद्यालयलाई १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।



    शुक्रबार एक कार्यक्रमको आयोजना गरि अध्यक्ष विष्टले कृष्ण पुष्पा फाउण्डेशनको नामबाट सत्यवादी माध्यमिक विद्यालयलाई सो सहयोग रकम हस्तान्तरण गरेका हुन् ।



    जयपृथ्वी नगरपालिका १० सदरमुकाम चैनपुरका स्थानीयसमेत रहेका विष्ट २०७४ सालको आम निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार