काठमाडौं । नेकपा एकीकृत समाजवादी केन्द्रीय विभाग र प्रदेश समितिले पूर्णता पाएको छ ।
महासचिव बेदुराम भुसालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ३१ वटा विभाग र ७ प्रदे्श समितिलाई पूर्णता दिइएको हो ।
केन्द्रीय सचिवालयको विभिन्न समयमा बसेको बैठकले गरेको निर्णयलाई २५-२६ फागुनमा बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा गएको हो ।संगठन विभाजको जिम्मेवारी महासचिव भुसालले पाएका छन् ।
अर्थ तथा योजना विभाग उपमहासचिव विजय पौडेलले पाएका छन् भने रामचन्द्र झाले कानून विभागको जिम्मेवारी पाएका छन्।
Leave a Reply