Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • सहमति र सहकार्यबाटै अघि बढ्नुपर्छ : प्रचण्ड

    सहमति र सहकार्यबाटै अघि बढ्नुपर्छ : प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, ११ चैत्र २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलहरुबीच सहमति र सहकार्य हुनुपर्ने बताएका छन् ।

    भरतपुर महानगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहमा अध्यक्ष दाहालले दलहरु एक्लाएक्लै अघि बढेको भए अहिलेको अवस्थामा आउन नसक्ने उल्लेख गरे । दलहरुको सहकार्यबाटै संविधान बनेको भन्दै उनले भने, “सबै दल आ–आफ्नै ढङ्गले गएको भए के देशमा शान्ति आउँथ्यो ? के संविधानसभा हुन्थ्यो ?के संविधान जारी हुन्थ्यो ?” गिरिजाप्रसाद कोइरालाले आफ्नो जीवनको अन्तिम समयसम्म सहमति सहकार्यलाई मन्त्रको रुपमा भन्ने गरेको स्मरण गर्दै उनले सो कुरालाई बिर्सन नहुने बताए ।



    गठबन्धनका सन्दर्भमा अध्यक्ष दाहालले अहिले केही साथीहरु मिलेर जाने होइन आफ्नै आफ्नै ढङ्गले जानुपर्छ भन्ने गरेको बताए । उनले भने, “आफ्नै तरिकाले जाने हो भने पनि हामीलाई आपत्ति छैन । आफ्नै आफ्नै तरिकाले पनि जान सकिन्छ ।”



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार