काठमाडौं । सरकारले औषधि व्यवस्था विभागलाई ६५० एमजीको सिटामोल ट्याब्लेट बनाउन स्वीकृति दिएको छ ।
बिहीबार बसेको औषधि सल्लाहकार समितिको बैठकले ६५० एमजीको सिटामोल दर्ता गर्न विभागलाई अनुमति दिएको हो ।
६० बर्षभन्दा माथिका नागरिकलाई ५०० एमजीले प्रभावकारी काम नगरेको विज्ञले बताएपछि ६५० एमजीको पारासिटामोल दर्ता गर्ने भन्ने निर्णय भएको विभागले जनाएको छ ।
डोज र अन्तर्राष्ट्रिय मूल्यको अनुपातमा सिटामोलको नयाँ मूल्य तोकिने छ ।
औषधि व्यवस्था विभागका उच्च कर्मचारीका अनुसार ५०० एमजीको २ र ६५० एमजीको सिटामोलको मूल्य साढे २ रुपैयाँ निर्धारण गरिएको छ ।
Leave a Reply