एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटो अहिलेसम्मकै बलियो र एकताबद्ध भएको बताएका छन् ।
बेल्जियमको राजधानी ब्रसेल्समा भएको नेटो देशका राष्ट्रपतिहरुको बैठकपछि बाइडेनले रुसले युक्रेनमा गरेको नाजायज आक्रमणले नेटो देशहरुको गठबन्धनलाई थप बलियो र एकताबद्ध बन्न प्रेरित गरेको बताएका हुन् ।
अमेरिकासहित युरोप र एसियाका केही देशले रुस र राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध लगाएका प्रतिबन्धमा अडिग रहनुपर्ने र रुसविरुद्ध बाँकी विश्व एकताबद्ध हुनुपर्ने पनि उनले बताए ।
‘सबैभन्दा महत्त्वपूर्ण विषय प्रतिबन्धको कार्यान्वयन र निरन्तरता हो, एक महिनापछि रुस आफ्नो कदमबाट पछि हट्न बाध्य हुनेछ,’ उनले भने । रुसले आणविक हतियारको प्रयोग गरेमा अमेरिकाले त्यसको उचित जवाफ दिने बाइडेनले चेतावनी दिए ।
Leave a Reply