काठमाडौं । जिल्ला अदालत तनहुँले पल शाहलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि विहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । त्यस्तै शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई एक लाख रुपैयाँ धरौटीमा रिहाको आदेश दिएको छ।
जिल्ला अदालतमा दाङ घर भएका ३२ वर्षीय शाह र उनका म्यानेजर कृष्णप्रसाद जोशीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो। मंगलवार नै शाहको बयान गरिएको थियो।
बुधवार जोशी बयानपछि थुनछेक बहस भएको थियो। २०७८ वैशाख १४ गते तनहुँको दुलेगैँडास्थित एक घरमा बास बसेको समयमा १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई प्रेम जालमा पारेर करणी गरेको आरोप लागेको छ।
पूर्णपाठ यस्तो छ :
Leave a Reply