काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा विजुली खरिद गर्ने भएको छ ।
प्राधिकरणले शुक्रबारदेखि भारतसँग अहिलेसम्मकै उच्च मूल्यमा विजुली खरिद गर्ने सम्झौता भएको बताएको छ ।
प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बिहीबार पत्रकार सम्मेलन गरि विजुली नकिन्दा नेपालका कतिपय औद्योगिक क्षेत्रमा विजुली अभाव भएको र भारतीय बजारबाट महंगोमै भए पनि विजुली किन्ने गरी सम्झौता गरेको बताए ।
केही दिनअघिसम्म ८ रुपैयाँ भारुमा विजुली किनेको प्राधिकरणले अबप्रतियुनिट ३८ रुपैयाँमा विजुली किन्ने भएको छ ।
Leave a Reply