Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • रक्सी र मासु खान कार्यालय परिषरबाटै काठ चाेरी

    रक्सी र मासु खान कार्यालय परिषरबाटै काठ चाेरी

    अनलाइन नेपाल
  • बुधबार, २४ बैशाख २०७७
  • 2.5K
    SHARES

    फाइल तस्बिर

    बर्दिबास। महोत्तरीमा रक्सी र मासु खान कार्यालय परिषरबाटै काठ चाेरी भएकाे छ। बर्दिबास-४ माइस्थानबाट दुईजना काठ चाेरी गरेकाे आरोपमा पक्राउ  परेका छन् । पक्राउ पर्नेमा बर्दिबास नगरपालिका-३ का रमेश परियार र धनुषाको मिथिला नगरपालिका-१० का सोमबहादुर परियार रहेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख मेहन्त साहले बताए।

    ‘लकडाउन रक्सी र मासु खाने मन भयो । तर, गोजीमा रुपैयाँ नभएपछि उनीहरु काठ चोरी गर्न वन कार्यालय आएका थिए, ‘प्रमुख साहले भने ।



    उनीहरुलाई सशस्त्र वन सुरक्षा शाखा माइस्थानको हिरास्तमा राखिएको छ । कार्यालय परिषरबाट उनीहरुले सखुवाको ६ थान फेन्टा(चिरान काठ) ४.४८ क्यूफिट काठ तस्करी गरेर लगेका थिए ।



    ‘हाम्रो नियन्त्रणमा रहेका रमेश परियार व्यापारीको भेषमा माक्स बिक्री गर्दै हाम्रो कार्यालय परिसरमा आएका थिए,’प्रमुख साहले भने, ‘हाम्रो कर्मचारीले माक्स किनेनन् । उनी कार्यालयमा राखेको सखुवाको काठमा नजर लगाएर फर्कियो । राती आएर उनीहरुले काठ तस्करी गरेर घर पुर्‍यायो ।’बिक्री गर्न सुरसारमा रहेका उनीहरुलाई काठ सहित रेन्जर सन्तोष यादवको नेतृत्व टोलीले चोरीएको काठ सहित उनीहरुलाई पक्राउ गरिएको हो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार