Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • पानी जहाज कार्यालयले गाडी खरिद गर्दा सामाजिक सन्जालमा भाइरल

    पानी जहाज कार्यालयले गाडी खरिद गर्दा सामाजिक सन्जालमा भाइरल

    अनलाइन नेपाल
  • बुधबार, २४ बैशाख २०७७
  • 3.9K
    SHARES

    काठमाडौं। एकान्तकुनामा रहेको नेपाल पानी जहाज कार्यालयले पानी जहाज संचालनमा ल्याउनु अघी आफ्नो कार्यालयको लागि सवारी साधन खरीद गर्न गर्न लागेपछि सामाजिक सन्जालमा यो बिषय मजाक बनेको छ। अब पानी जहाज होइन गाडी खरिद भन्दै सामाजिक सन्जालमा मजाक बनेको हो।

    प्रधानमन्त्री केपी शर्मा ओलीले दुई बर्ष भित्रै आफ्नै देशको झण्डा सहितको पानी जहाज चलाउने भनेपनि अहिलेसम्म त्यसको छाँट देखिएको छैन।



    पानी जहाज कार्यालयले आफ्नो लागि एक करोड ४३ लाख ९८ हजारको सवारी साधन किन्ने काम अन्तिम चरणमा पुर्‍याएको छ।



    कार्यालयले मूल्याङकन समितिको सिफारिसको आधारमा सिप्रदी ट्रेडीङबाट एसयूभी मोडलको चार पाङग्रे सवारी साधन लिन लागेको बिषयमा वैशाख २४ गते बुधवार गोरखापत्रमा सूचना निकालेको हो।

    २०७६ फागुन ८ गते चार पाङग्रे सवारी साधनको लागि गरिएको वोलपत्रमा सिप्रदी छानिएको पनि जनाइएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार