Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • भारतमा कोरोनाकाे कहर: संक्रमित हुनेको संख्या ४९ हजार नाघ्यो

    भारतमा कोरोनाकाे कहर: संक्रमित हुनेको संख्या ४९ हजार नाघ्यो

    अनलाइन नेपाल
  • बुधबार, २४ बैशाख २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ४९ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमित हुनेको संख्या ४९ हजार तीन सय ९१ पुगेको हो । त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि एक हजार ६९४ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा एक सय २६ जनाको मृत्यु भएको हो । अघिल्लो दिन मृत्यु हुनेको संख्या १९५ थियो ।

    भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको कारण करिब १५ हजार ५२५ जना संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या ६१७ पुगेको छ । त्यस्तै गुजरातमा ६ हजार दुई सयभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने ३६८ जनाको मृत्यु भइसकेको छ ।



    मध्य प्रदेशमा पनि तीन हजार ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा १७६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै पश्चिम बंगालमा एक हजार तीन सय ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा १४० जनाको मृत्यु भइसकेको छ ।



    उत्तर प्रदेशमा अहिलेसम्म दुई हजार आठ सय ८० जनामा संक्रमण देखिँदा ५६ जनाको मृत्यु भइसकेको छ । बिहारमा अहिलेसम्म ५३६ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने चारजनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा १४ हजार १८३ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

    विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको यो भाइरसबाट विश्वका ३७ लाख २४ हजार ३४५ जना संक्रमित छन् । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार