काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बिरोध गर्दा गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सात वटा विभागको संयोजकहरू तोकेका छन् । सभापति देउवाले सोमबार विज्ञप्ति जारी गरेर सात वटा विभागका संयोजकहरू तोकेका हुन् ।
सभापति देउवाले केन्द्रीय सदस्य एनपी साउँदलाई शुभेच्छुक संस्था समन्वय विभागको जिम्मेवारी दिए ।
अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपत व्यवस्थापन विभाग, ईश्वरी न्यौपानेलाई महिला विभागको जिम्मेवारी दिएका छन् ।
केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभाग, मोहनबहादुर बस्नेतलाई खेलकूद विभागको संयोजकको जिम्मेवारी दिइएको छ ।
बीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय विभागको जिम्मेवारी दिएका छन् ।
सभापति देउवाले हरिप्रसाद नेपाललाई शिक्षा विभागको जिम्मेवारी दिएका छन् । यसअघि सभापति देउवाले विभिन्न १३ वटा विभाग गठन गरिसकेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विभाग गठनको विरोध गर्दै आएको छ । उनले पैसा खाएर देउवाले नियुक्ती गरेको आरोप लगाएका थिए। नेता कृष्णप्रसाद सिटौलाले विभाग गठनमा सहमति जनाएका छन् ।
Leave a Reply