काठमाडौं । खेलाडी अनुबन्धका विषयमा विवाद रहेको नेपाल सुपर लिग (एनएसएल)सञ्चालन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले स्वीकृति दिएको छ ।
एन्फाले चैत २५ देखि जेठ १ गतेसम्म नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) लाई एनएसएल आयोजनाका लागि स्वीकृति दिएको हो ।
एन्फाले अध्यक्ष कर्मा छिरिङ शेर्पाको संयोजकत्वमा विवाद समधान समिति गठन गरेको थियो । समितिको बुधबार बसेको बैठकले एनएसएल गर्न स्वीकृति दिएको हो ।
एन्फाका कार्यवाहक महासचिव अरुणमान जोशीको हस्ताक्षर रहेको पत्रमा एनएसएलका लागि स्वीकृति दिएको उल्लेख छ ।
खेलाडी अनुबन्धका विषयमा विवाद भएको कारण एनएसएलको टाइसिट ड्र रोकिएको थियो ।
Leave a Reply