Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • जिल्ला अदालत कास्कीका दुई वटा इजलास कक्षमा तोडफोड

    जिल्ला अदालत कास्कीका दुई वटा इजलास कक्षमा तोडफोड

    अनलाइन नेपाल
  • बुधबार, ९ चैत्र २०७८
  • 1.5K
    SHARES

    पोखरा । जिल्ला अदालत कास्कीका दुई वटा इजलास कक्षमा तोडफोड भएको छ ।

    अदालतको एक नम्बर र छ नम्बर इजलास कक्षमा मंगलबार राति तोडफोड भएको हो ।



    प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराई र मा देवप्रसाद योगीले मुद्दा हेर्दै आएका एक नम्बर र छ नम्बरमा ढोका फुटाउन प्रयोग गरिएको फलामको रड पनि भेटिएको छ ।



    एक नम्बर इजलास कक्षको ढोका मात्रै फोरिए पनि छ नम्बर इजलास कक्षमा भित्र रहेको दराज पनि फुटाइएको छ । दराजमा रहेका महत्त्वपूर्ण प्रमाण र मिसिलहरू चोरी भएको आशंका गरिएको छ ।

    यस्तो कडा सुरक्षा घेराका बीच अदालतमा पसेर दराज फुटाइनुलाई शंकास्पद घटनाका रूपमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार