Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • ‘युद्धकालीन अपराध र मुद्दा’ सम्बाेधन गर्न तयार भएपछि पूर्वमाओवादी लडाकुहरू एमाले प्रवेश गर्दै

    ‘युद्धकालीन अपराध र मुद्दा’ सम्बाेधन गर्न तयार भएपछि पूर्वमाओवादी लडाकुहरू एमाले प्रवेश गर्दै

    अनलाइन नेपाल
  • बुधबार, ९ चैत्र २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । बहिर्गमित जनमुक्ति सेना नेपालको नेतृत्वमा सामूहिक रुपमा नै युद्धकालीन माओवादी लडाकुहरू अन्ततः नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।

    ‘युद्धकालीन अपराध र मुद्दा’लाई सम्बोधन गर्न एमाले तयार भएपछि पूर्व माओवादी लडाकुको समूह सामुहिक रुपमा नै प्रवेश गर्न लागेका हुन् ।



    ‘जनमुक्ति सेनाका योद्धाहरूको माग, गुनासा र अप्ठयारा सम्बोधन गर्न एमालेसँग सकारात्मक देखिएको छ । छलफलहरू सकारात्मक हुँदै गएका छन्,’ बहिर्गमित सेनाका अध्यक्ष लेनिन बिष्टले भने, ‘त्यसैले दुवै पक्षबीच सामूहिक पार्टी प्रवेशको मिति चाँडै तोक्ने भन्ने छ ।’

    सम्भवतः यसै साता मिति तय भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पुर्व माओवादी लडाकुहरूलाई सामुहिक रुपमा पार्टी प्रवेश गराउने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार