Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ हुँदै

    संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ हुँदै

    अनलाइन नेपाल
  • बुधबार, ९ चैत्र २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । संवैधानिक निकायका पदाधिकारीको नियुक्तिविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै छ।

    गत वर्ष केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको थियो । अध्यादेशपछि संवैधानिक परिषद् ५२ पदाधिकारीको नियुक्तिका लागि सिफारिश गरेको थियो।



    अध्यादेशमार्फत संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन गरेर पादधिकारी नियुक्तको प्रक्रिया सहज बनाएका थिए। यो संविधान विपरीत भएको भन्द सर्वोच्च अदालतमा रिट परेको थियो।



    तर, लामो समयसम्म यस रिटमाथि सुनुवाइ हुन सकेको थिएन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा निलम्बनमा परेसँगै कायममुकाम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सुनुवाइ तोकेका हुन् । संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।

    संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार