Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • फुटबल खेलाडी रोनाल्डो दुई हप्ता क्वारेन्टाइनमा

    फुटबल खेलाडी रोनाल्डो दुई हप्ता क्वारेन्टाइनमा

    अनलाइन नेपाल
  • बुधबार, २४ बैशाख २०७७
  • 3.6K
    SHARES

    एजेन्सी । पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो दुई हप्ताको लागि क्वारेन्टाइनमा बसेका छन् । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजगर गर्दै पोर्चुगलबाट हालै इटाली फर्किएका उनी दुई हप्ताको लागि क्वारेन्टाइनमा बसेका हुन् ।

    देश लकडाउनमा परेपछि उनी पोर्चुगल फर्किएका थिए । रोनाल्डोसँगै अन्य विदेशी खेलाडीहरु अब दुई साता क्वारेन्टाइनमा बस्नेछन् । उनीहरुमा कोरोना नेगेटिभ देखिएपछि मात्रै उनले टिमसँगै प्रशिक्षण गर्ने अवसर पाउनेछ । सम्भवतः उनीहरु १८ मे बाट टोलीको प्रशिक्षणमा सामेल हुनेछ ।



    युभेन्टसमा आवद्ध उनी क्लबले प्रशिक्षणका लागि बोलाएसँगै इटाली पुगेका हुन् । कोरोना भाइरसको संक्रमणले ईटाली प्रभावित बन्दा रोनाल्डो करिब दुई हप्ता आफ्नो मुलथलो मदीरामा बिताएका थिए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार