धनगढी । कैलालीको लम्कीचुुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्यामा संलग्न रहेको आरोप लागेका ३ जना फेरि पक्राउ परेका छन् ।
जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पुनः पक्राउ गरेको हो । जिल्ला अदालतले थुुनछेक बहसपछि गरेको प्रारम्भिक फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले दायर गरेको पुुनरावेदन मुुद्दामा उच्च अदालत दिपायलले अभियुुक्तलाई थुुनामा राखेर पुुर्पक्ष गर्न आदेश दिएपछि प्रहरीले उनीहरुलाई फेरि पक्रेको हो ।
पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ बस्ने २६ वर्षीय सन्तोष भन्ने सबिनजंग शाही, कैलालीको लम्कीचुहा नगरपालिका–३ बस्ने २८ वर्षीय बिकास खड्का र कैलालीकै बर्दगोरिया गाउँपालिका– २ बस्ने २५ वर्षीय लोकेन्द्र कुवँर रहेका छनन् ।
गत फागुन ५ गते उच्च अदालतको तत्काल धरौटी तारेखमा छुटेका तिनै जनालाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश भएअनुुसार उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला अदालतमा पेश गरेर कारागार चलान गरिने प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जना गत मंसिर २४ गते जिल्ला अदालत कैलालीको आदेशपछि धरौटी बुुझाएर तारेखमा छुुटेका थिए भने अन्य ९ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।
लम्कीचुुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवालको गत कात्तिक २३ गते टीकापुर नगरपालिका–१ मा धारिलो हतियार प्रहार गरेर हत्या भएको थियो । कैलाली प्रहरीले बडुवालको हत्यामा संलग्न भएको आरोपमा २१ जनाविरुद्ध मुद्दा चलाएको थियो ।
उनीहरुमध्ये ९ जना तत्काल र एक जनापछि पक्राउ परेर कारागार चलान भइसकेका छन् । थप तीन जनासमेत गरेर कारागार चलान हुने अभियुुक्तको संख्या १३ पुगेको छ भने अन्य ८ जना अझै फरार छन् ।
Leave a Reply