Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • प्रहरीको मृत्यपछि मोरङको लेटाङमा लगाइएको कर्फ्यू मंगलबार पनि जारी

    प्रहरीको मृत्यपछि मोरङको लेटाङमा लगाइएको कर्फ्यू मंगलबार पनि जारी

    अनलाइन नेपाल
  • मंगलबार, ८ चैत्र २०७८
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरीकै ज्यान जाने गरी भएको मोरङको लेटाङमा मंगलबार पनि कर्फ्यू जारी छ । सोमबार बिहान ७ बजेदेखि लेटाङका ४ वटा वडामा जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू आदेश जारी गरेको हो ।

    अवस्था हेरेर मात्रै कर्फ्यू हटाइने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ नम्बर वडाको सबै क्षेत्र, उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यू लगाइएको छ ।



    आइतबार छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका शिक्षकलाई कालोमोसो दलेर गाउँ घुमाउने माग राख्दै स्थानीय तथा विद्यार्थीहरूले आन्दोलन गरेका थिए । गाउँमै घटना मिलाउनका लागि प्रयास गरिएपछि भिड बढ्दै जाँदा आन्दोलनले उग्र रूप लिएको थियो ।



    भिड अनियन्त्रित हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको थियो । आरोपित शिक्षकलाई पक्राउ गरेर प्रहरीले लगेपछि घटना स्थलमा रहेका प्रहरीमाथि स्थानीयले आक्रमण गरेका थिए । आक्रमणमा २९ प्रहरी र ७ आन्दोलनकारी घाइते भएका थिए । प्रहरीले घटनामा संलग्न भएको आशंकामा ९ जनालाई पक्राउ गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार