Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • आज पनि हावाहुरीसहित पानी पर्ने

    आज पनि हावाहुरीसहित पानी पर्ने

    अनलाइन नेपाल
  • बुधबार, २४ बैशाख २०७७
  • 1.5K
    SHARES

    काठमाडौं । आगामी शुक्रबारसम्म देशभर हावाहुरीसहित वर्षा हुने भएको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्म हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन । महाशाखाका अनुसार अहिले देशभरको मौसममा आंशिक बदली भइरहेको छ ।



    दिउँसोसम्म केही पहाडी क्षेत्रका साथै पूर्वी र मध्यतराईका केही स्थानहरुमा मेघगर्जनसहित चट्याङ र हावाहुरीसहितको असिना पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।



    पश्चिमी, स्थानीय वायु तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव कायमै रहेकाले वर्षा जारी रहने महाशाखाको अनुमान छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार